संघीय सरकारले देशमा रहेका ६ महानगरमध्ये सबैभन्दा कम बजेट वीरगन्ज महानगरलाई दिने गरेको कारण आँफुले सोचे अनुसारको काम गर्न नसकिरहेको मेयर राजेशमान सिंहले बताउनु भयो ।
वीरगन्जको होटल दियालो लर्डसमा शनिबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘वीरगन्जको वाणी’ कार्यक्रमको दोश्रो सत्रमा बोल्दै मेयर सिंहले भने,‘संघ सरकारले काठमाडौं महानगरलाई साढे १४ सय करोड बजेट दिन्छ तर वीरगन्ज महानगरले ११५ करोड रुपैयाँमात्रै बजेट पाउँछ । अब भन्नुस् यति थोरै बजेटले के के काम गर्ने ?।’
साथै उनले वीरगन्जलाई ‘बैभव वीरगन्ज’ बनाउन अहिले सुरुवात मात्र गरिएको बताए । वीरुगन्जको सरसफाई र सौनदर्यकरणमा अहिले देखिएको सकरात्मक परिवर्तन आफनो एकल प्रयासले मात्र नभई यसमा सम्पूर्ण वीरगन्जबासीको साथ र सहयोग रहेको मेयर सिंहले बताए । ‘बैभव वीरगन्ज’ बनाउने महानगरको अभियानमा वीरगन्जबासीका साथै मिडियाकोपनि उत्तिक्कै साथ र सहयोगको आवश्यकता रहेकोपनि मेयर सिंहले बताए ।
मेयर सिंहले वीरगन्जलाई आर्थिक नगरी भनेर प्रचार गरिएपनि त्यसको वास्तविक अनुभूती वीरगन्जबासीले अहिलेसम्म गर्न नपाएको गुनासोपनि गरे । उनले यहाँ रहेका उद्योगले वीरगन्जको विकासका लागि र वीरगन्जबासीको लागि केहिपनि नगरेको गुनासो गरे ।
यता, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंगटाले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी छाउनु र व्यापार–व्यवसाय न्यून क्षमतामा चल्नुको प्रमुख कारण नै स्थायी आर्थिक एवं औद्योगिक नीतिको अभाव भएको बताएका छन् । उनका अनुसार हाल विभिन्न प्रकृतिका उद्योग बेग्लाबेग्लै किसिमका समस्यासँग जुधिरहेका छन् । तथापी, स्टिल, सिमेन्ट लगायत सबै उद्योग अहिले २० प्रतिशतको इफिसियन्सिमा चलेको उनले जानकारी दिए । निर्माण सामग्रीको माग धेरै हुने ड्राइ सिजन (माघ, फागुन) मै बिजुली काटिँदा उद्योग चल्ने अवस्था नरहेको रूगंटाले बताए ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले वीरगन्जको औद्योगिक विकासका लागि औद्योगिक प्याकेज दिन जरुरी रहेको बताएका छन् ।
‘अहिले उद्योग र व्यापारमा बादल छाएको छ । संकटबाट निकास निकाल्नु पर्छ,’ उनले भने, ‘ वीरगन्ज औद्योगिक नगरी हो, व्यापारी नगरी हो । तर, वीरगन्जको नीति बनाउँदा आर्थिक प्याकेजको नीति बनाइएको छैन । त्यसकारण अहिलेको अवस्थामा आर्थिक प्याकेज जरुरी छ ।’
सरकारले नीति बनाउँदा सरोकारवालासँग नाम मात्रको कुृरा गर्ने तर कार्यान्वयन नगर्दा समस्या भएको उनले बताए । त्यस्तै, बनेका नीतिहरु केही ब्यक्तिले कब्जा गरेकै कारण उद्योग व्यापार धरासय अवस्थामा पुगेको उनले बताए ।
‘सरकारले व्यापार गर्न वीरगन्जमा सुख्खा बन्दरगाह र एकीकृत चाँज चौकी बन्यो । खराब हावा, धुलो धुवाँ र प्रदुषण हामी खान्छ्रौ, बजेट सरकारले खाएको छ । तर, वीरगन्जलाई आर्थिक प्याकेज र राष्ट्रिय गौरवका आयोजना किन दिइएन ?,’ उनले भने, ‘नीति बनाउँदा वीरगन्जलाई बेइमान, खराबको दृष्टिकोणले हेरियो । बजेट कम दियो महानगरमा बजेट काटिएको छ ।
त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बीरगन्जमा हुने विद्युतमा समस्या एक महिनाभित्र समाधान हुने बताएका छन् ।
उद्योग र व्यापार, खोइ पूर्वाधार विषयक सत्रमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनका अनुसार बीरगन्ज आसपासमा बत्ती आउने जाने समस्या रहेको छ । यो धेरै समयसम्म अब नरहेको उनको भनाइ छ ।