जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साको आयोजना तथा नियोसिस टेक्नोलोजी प्रालिको प्राविधिक सहयोगमा आज स्थानीय होटल हर्ष एन सीको सभा हलमा सहकारीमा प्रविधि, अवसर र चुनौती अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका अध्यक्ष राजेश पण्डितको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य शम्भु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सो सहकारीमा प्रविधि अवसर र चुनौती अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गुप्ताले दिप प्रजवलित गरेर उदघाटन गर्ने क्रममा उहाँले अबको मुख्य आवश्यकता भनेको प्रविधिको युग रहेको बताए । हामीले सहकारी संस्थालाई संस्थागत गर्ने हो भने प्रविधिको धेरै महत्त्वपूर्ण बिषयमा जानकार हुनुपर्ने बताएका छन् । हिजोको जमानामा केवल कागजपत्र दराजमा राख्ने परिपाटी थियो भने अब त्यो कागजपत्र राख्ने देखि लिएर आर्थिक सम्पन्नता गर्न प्रविधिको उपयोग गर्ने जमानामा आएको धारणा राख्नु भएको हो । सहकारी संस्थाहरुले बैकिङ्ग प्रणाली तथा प्रविधि संग खेल्न सक्नुपर्ने अवस्था अहिले आएको बताए ।
अहिले पनि कुनै सहकारी संस्था कसैको झोला र गोजीमा रहन्भने त्यो केही समय र केही दिनको लागि मात्र रहने भएकोले यद्यपि राम्रो र हाम्रो सहकारी बनाउने हो भने प्रविधि संग खेल्नै पर्ने भएकोले सहकारी संस्थाका संचालक तथा पदाधिकारीहरुको लागि यो कार्यक्रम आयोजना गरिएको बताए ।त्यसैगरी नेफकुनका संचालक शोभा राउत ,सिएमसि क्लबका अध्यक्ष रबिभूषण श्रीवासतवले सहकारी संस्थाका संचालक तथा जिम्मेवारी पदाधिकारीहरुले अब सहकारी संस्थालाई संस्थागत गर्ने हो भने हामीले प्रविधिको प्रयोग गर्न अति आवश्यकता रहेको धारणा राख्नु भएको थियो ।
त्यसैगरी संघका महासचिव जिष्णु बरालले भने सहकारी संस्थालाई प्रविधिलाई चलायमान बनाउन सक्ने उदेश्यले यो अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको बताए । हामीले हाम्रा सहकारी संस्थाका संचालकहरु तथा पदाधिकारीहरुले अब पनि प्रविधिको उपयोग नगरेमा धेरै समस्या आउने भएकोले आज सम्पूर्ण सहकारी संस्थाका जिम्मेवार ब्यक्तिहरुलाई उपस्थित गराएर यो कार्यक्रम मार्फत जानकारी गराउने काम भएको महासचिव बरालले बताएका छन् ।
कार्यक्रममा करिब ८० वटा सहकारी संस्थाका संचालक समितिका अध्यक्षहरु सदस्यहरु तथा पदाधिकारीहरु गरि १२० जना भन्दा धेरैको उपस्थित रहेको थियो । सहकारीमा प्रविधि अवसर र चुनौती अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकहरु नियोसिस टेक्नोलोजी प्रालिका प्रभात पोख्रेल ,मनोज तिवारी ,कवि न्यौपाने लगायतले प्रविधिको आवश्यकता तथा यसका चुनौतीहरुको बारेमा प्रस्तुति तथा ब्याख्या गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव जिष्णु बरालले गर्नुभएको थियो ।