शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वय समिति पर्सा बीरगंजले बालबालिकाहरुले लेखिएको चिठी आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने क्रममा सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साललाई उक्त ज्ञापनपत्र बुझाएको छ।
एन. सि. ई. नेपाल पर्साका जिल्ला संयोजक इब्राहिम देवानको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा उल्लेख भए अनुसार संजालले शिक्षामा रुपान्तरण भन्ने मुल बिषयमा सप्ताहब्यापी रुपमा विभिन्न अभियानहरु संचालन गर्ने क्रममा जसमध्ये बिधालयका बालबालिकाहरु दुारा मैले चाहेको बिधालय शिर्षकमा प्रधानमन्त्रीलाई करिब २१५ जना बालबालिकाहरुले पर्सा जिल्ला बाट चिठी लेखेका छन् ।
सो चिठीमा खासगरी गुणस्तरीय तथा समावेशी शिक्षालाई प्राथमिकता राख्नु पर्ने अहिलेको बिषय बस्तुहरु समेत्नु पर्ने ,प्रविधिक शिक्षालाई पनि पाठयक्रममा समावेश गर्नुपर्ने ,विद्यार्थीहरुलाई अध्यापन भन्दा पनि सुक्ष्म सिकाई आवश्यकता रहेको एनसि नेपाल पर्साका सचिव ललन पटेलले बताएका छन् । उनका अनुसार ती विद्यार्थीहरुले लेखेका चिठीमा बिधालयहरुमा बिज्ञान प्रयोगशालाको ब्यवस्थापन हुनुपर्ने ,विद्यार्थीको अनुपातमा शिक्षक नभएकोले पठनपाठनमाहरुमा असहजता देखिएको बताए ।
शिक्षा जहिले पनि जीवन उपयोगी तथा सीप मुलक शिक्षाको ब्यवस्था हुनुपर्ने फरक क्षमता भएका बालबालिकाको लागि समावेशी शिक्षाको साथै उनीहरूको सिकाई छुट्टै विधि बालमैत्री तथा अपांगतामैत्री शिक्षाको ब्यवस्था हुनुपर्ने ,प्रत्येक बिधालयमा बिषयगत शिक्षाको दरबन्दी सुनिश्चितता गर्नुपर्ने शिक्षा क्षेत्रमा सुधार ल्याउनुपर्ने ,गुणस्तरीय शिक्षा हुनुपर्ने सबैको पहुँचबाट शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने यसो गरेको खण्डमा दिगो विकासको लक्ष्य पुरा गर्न सकिने एनसि नेपालका सचिव पटेलले बताएका हुन ।
उनले भने शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल देशका विभिन्न ४९० राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु,शिक्षक संगठन ,क्रियाशील संचार माध्यम तथा समुदाय स्तरमा परिचालित एक राष्ट्रिय संजाल जसले सार्वजनिक शिक्षालाई सुदृढीकरण तथा प्रत्येक नागरिकको शिक्षा पाउने मौलिक हक र अधिकारलाई सुनिश्चितता गर्ने उदेश्यले यो एन सि ई नेपालले आज देशभर एकैसाथ प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम भएको सचिव पटेलले बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्साका संयोजक इब्राहिम देवानको नेतृत्वमा गएको सो टोलीमा नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य चन्देश कुमार चौहान,एनसिई नेपाल पर्साका सचिव ललन पटेल ,एनसिई नेपाल पर्साका जिल्ला सदस्य दुलारचन्द साह लगायतको उपस्थित रहेको थियो ।