नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साले आज नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन तथा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ मा अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका अध्यक्ष अजित भुजेलको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ (फोनिन) का केन्द्रीय सदस्य निरज पिठाकोटेमगरको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य जगत राईले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन भनेर बताएका छन ।
उनले पुर्वप्रधानमन्त्री कुष्ण प्रसाद भट्टराई भन्दा पहिला नै दुईपटक नेपाल पत्रकार संघको अध्यक्ष भएर नेतृत्व गरिसकेका ब्यक्तिलाई बाइपास गरेर पछि फेरि नेपाल पत्रकार संघ संचालनमा ल्याउने काम भएकोले उनलाई विवादमा पर्न खोजिएको बताएका छन् ।
आदिवासी जनजाति पत्रकार महासंघले जबसम्म उनलाई संस्थापक अध्यक्ष नेपाल पत्रकार महासंघले सुइकार गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहने राईले बताए । उनले भने जबसम्म प्रेस स्वतन्त्रता हुदैन तबसम्म जनताले सहि सुचना र आफ्नो अधिकार पाउन नसक्ने बताएका छन् । अहिले पनि पत्रकार माथि राज्यले अंकुश लगाउने काम खोजिरहेकोले त्यसका निम्ति खबरदारी गर्न आवश्यक रहेको राईले बताएका हुन ।
अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९ फोनिज० मधेस प्रदेशका अध्यक्ष दुषयान्त चौधरी ,प्रदेश सदस्य एवम् थारू पत्रकार संघका अध्यक्ष शम्भु महतो थारू ,नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् पर्साका सचिव एवम् अधिवक्ता अमय दास थारू ,नेपाल आदिवासी जनजाति महासंघ फोनिज पर्साका संस्थापक अध्यक्ष दिलिप प्रधान लगायतले आ,आफ्नो धारणा एवम् शुभकामना दिनुभएको थियो । अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा थारू कल्याणकारी पर्साका पुर्व उपाध्यक्ष एवम् सागरमाथ टेलिभिजन मधेस ब्युरो बालेश्वर थारू ,पत्रकारहरु आन्नद पटेल अर्जुन चौधरी ,बिशाल पटेल ,सुनिल श्रेष्ठ ,सामुदायिक प्रहरी सेवा केन्द्रका हवल्दार सुवास यादव सहायक हवल्दार लालुमाया महतो लगायतको उपस्थित रहेको थियो ।भने कार्यक्रमको संचालन सचिव राम मण्डलले गरेका थिए।,