बीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवामा थारू धर्मशालाको पुर्व मन्त्री सुरेन्द्र चौधरीले शिलान्यास गरेका छन् । थारु कल्याणकारी सभा पर्साले आज एक समारोहबीच पुर्व मन्त्री चौधरीले शिलान्यास गर्ने क्रममा अब थारूहरू पनि जागे भनेर बताएका छन् ।
सुविधा सम्पन्न थारू धर्मशाला निर्माणको लागि उहाँले रु १० लाखको चेक हस्तान्तरण गदै यो मेरो शुरुआत हो अब बिस्तारै हेदै जानू होस् भनेर बताएका हुन । थारु धर्मशाला निर्माण भएपछि धेरै उपलब्धि हुने बताएका छन् ।थारूहरू केवल सोझो भएका कारण आज पछाडि परेको बताउदै अब चनाखो भएर अगाडि बढने बेला आएको मन्त्री चौधरीको भनाइ रहेको छ।
शिलान्यास समारोहमा नागरिक उन्मुक्ति पार्टीका उर्मिला सिंह थारूले रु १५ लाख धर्मशाला निर्माणको लागि सहयोग गर्ने पर्सा अध्यक्ष निरन्जन चौधरीले बताए ।कार्यक्रमको अध्यक्षता था.क.स.पर्सा कार्यबाहक अध्यक्ष भागवत प्रसाद चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
शिलान्यास कार्यक्रममा केन्द्रिय पार्सद महेन्द्र चौधरी,नन्दकिशोर पन्जियार,नागरिक उन्मुक्ति पार्टी पर्सा अध्यक्ष निरन्जन चौधरी, जङ्ग बहादुर चौधरी,राजु प्रसाद चौधरी,अमय दास थारु,मोहन दास थारु,शेखर चौधरी,रितनारायन चौधरी,कृष्ण चौधरी,सन्जय पन्जियार,शुभनारायण चौधरी,लगायतको विशेष उपस्थित रहेको थियो ।थारू धर्मशाला निर्माणको लागि मधेस प्रदेश तथा भौतिक पुर्वधार मन्त्रालयले रु ४० लाख बजेट विनियोजन गरेको छ।शिलान्यास कार्यक्रममा पर्सा जिल्लाका थारु संघसंगठनका संस्थाहरु र थारु थारुवान भरभलाअदमीहरुको उपस्थिति रहेको थियोे।कार्यक्रममा थारु फर्मा मार्केटिङ बिरगंज अध्यक्ष चन्द्रप्रकाश चौधरी,पुर्ब योजना सदस्य रमाकान्त चौधरी,केन्द्रिय पार्सद महेन्द्र चौधरी,नन्दकिशोर पन्जियार,था.क.स.पर्सा कोषाध्यक्ष राजु चौधरी,नागरिक उन्मुक्ति पार्टीका निरन्जन चौधरी लगायतले शुभकामना तथा आ,आफ्नो धारणा राख्नु भएको थियो । समेतले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियोे।
शिलान्यास कार्यक्रममा कारण एव्टै हो कि थारु समाजमा देखावटी र घमण्डले भरेको देखन पाइन्छ।थारु समाजको सुधारको विभिन्न योजना विभिन्न जनचेतनामूलक कार्यक्रम सुचारु गर्नु पर्छ भनेर जोड दिनुपर्छ भनेर प्रमुख अथिती पुर्ब मन्त्री सुरेन्द्र प्रसाद चौधरी ले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो।साथै पुर्ब मन्त्री चौधरीले थारु धर्मशाला पुर्ण रुपले सम्पन्न गर्नको लागि नेपाली रु दस लाख (१००००००)चेक द्वरा सहयोग गर्नु भयो। कार्यक्रमको सहजीकरण था.क.स. सचीव मनोज चौधरीले गर्नु भएको थियोे ।