बीरगंज महानगरपालिका वडा नम्बर ९ का महिलाहरुलाई एक महिने सिलाइ कटाइ तालिम तथा मेसिन वितरण कार्यक्रम शुरुआत भएको छ।
स्किल एण्ड अवयरनेस डेभलपमेन्ट नेपाल प्रालि बीरगंजको आयोजना तथा बीरगंज महानगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आर्थिक सहयोगमा आजबाट महिला तथा युवतीहरुलाई आयआर्जनको लागि एक महिने सिलाई कटाई तालिमको उदघाटन वडा नम्बर ९ का वडा अध्यक्ष जवाहरलाल गुप्ताले गर्नुभएको हो ।
वडा अध्यक्ष गुप्ताले भने आफ्नो वडामा रहेका महिलाहरुलाई आयआर्जन बाट आफुहरु आत्मनिर्भरता होस् भन्ने उदेश्यले तालिमको समाप्ति पछि उनीहरूलाई मेशिन समेत प्रदान गर्न लागेको बताएका छन् । घरमा बसेर होस् वा प्रशिक्षक भएर आफ्नो घर परिवारलाई टेवा पुराउने काममा लाग्न वडा अध्यक्ष गुप्ताले आग्रह गरेका छन् ।
उनले भने मेशिन लिएर यतिकै घरमा थन्क्याएर राख्ने काम नगर्न र सीपलाई सदुपयोग गर्न समेत सुझाव दिनुभएको छ। तालिमको उदघाटन समारोहमा नेपाली काङ्ग्रेसका नेता दिलिप शर्मा बरालले तालिमबाट सिकेका सीपलाई ब्यवहारमा उतार्न अपिल गरेका हुन ।तालिममा २५ जना महिलाहरुको सहभागीता रहेको छ भने तालिमको प्रशिक्षण अन्नु बर्णवालले दिइरहेकी छिन् ।
स्किल एण्ड अवयरनेस डेभलपमेन्ट नेपाल प्रालिका अध्यक्ष लवकुश कुमार सिंहको अध्यक्षतामा कार्यक्रम भएको हो । तालिमको उदघाटन समारोहमा वडा सदस्यहरु नन्दकिशोर चौहान,लालबाबु कलवार,गीता मानन्धर ,सोनी पासवान ,वडाका कर्मचारीहरु सुमन श्रेष्ठ ,रेणुका अधिकारी ,सन्जु कोइराला लगायतको उपस्थित रहेको थियो ।