किरात राई यायोक्खा जिल्ला कार्यसमिति बारा पर्साको संयुक्तरूपमा आज बारा जिल्लाको पथलैयामा उभौली (साकेला) यलेदोङ ५०८४ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
किरात राई यायोक्खा जिल्ला कार्यसमिति बाराका अध्यक्ष सुरेश राईको अध्यक्षतामा सम्पन्न सो शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एकीकृत समाजबादी पार्टीका केन्द्रीय सदस्य तथा पोलि ब्युरो सदस्य दिनेश राईले आदिवासी जनजाति भित्र पर्ने राई समुदायको आफ्नो छुट्टै पहिचान रहेको बताए ।
राई समुदायहरुले भुमि पुत्र रहेकोले उधौली उभौलीको बेला प्राकृतिकको पुजा गर्ने समुदायको रुपमा परिचित रहेको राईले बताएका छन् ।नेपालको इतिहास हेर्ने हो भने बुद्धको जन्म भन्दा अधि एलेम्बर राजाको शासन रहेको र क्रमश लिछिबीकाल हुदै आएको जुन आज राई समुदायले यलेदोङ ५०८४ वर्षको रुपमा आजको दिन मनाइने काम भइरहेको बताएका छन् ।
नेपाल आदिवासी महासंघ जिल्ला समन्वय परिषद् बाराका अध्यक्ष राम दास धौजुले हामी आदिवासी जनजाति एक भएर आफ्नो अधिकार प्राप्तिका लागि लाग्नुपर्ने बताए । उनले विभिन्न पार्टीमा रहे पनि हाम्रो मुद्दालाई अगाडि बढाउने ब्यक्ति अगाडि सार्नुपर्ने तबमात्र अधिकार पाउन सकिन्छ भनेर अध्यक्ष धौजले बताएका हुन ।
शुभकामना आदानप्रदान कार्यक्रममा वडा सचिव लक्ष्मी लामा,किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्साका कार्यबाहक अध्यक्ष चन्द्र बान्तवा राई,कोषाध्यक्ष तारा राई,सिंह बहादुर राई, ,नाकछुङ अर्थात पुजारी कृष्ण कुमार राई,उदप राई,पुष्प राई,निर्मला राई,हेमराज राई,पुनम राई लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको स्वागत मनतब्य किरात राई यायोक्खा केन्द्रीय सदस्य जगत राईले गर्नुभएको थियो ।स्वागत मनतब्य कार्यक्रममा राईले आफ्नो भाषा संस्कार संस्कृति हाम्रो पहिचान भएको र पुर्खाले अर्जको सम्पत्ति अहिलेका युवा पुस्ताले संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए । हामी आफ्नो कर्म संगसंगै आफ्नो संस्कृति कहिले छोडन नहुने बताएका छन् ।
कार्यक्रमको सहजिकरण किरात राई यायोक्खा बाराका पुर्व अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् मधेस प्रदेशका उपाध्यक्ष भुवन राईले गर्नुभएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदान एवम् साकेला नृत्य समेत गरिएको थियो ।