समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केदन्द्र मुर्ली श्रीपुर ११ ले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दुव्र्यवहार विरुद्ध जागरुकता दिवस तथा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रेखा घिमिरेको अध्यक्षता तथा प्रहरी वरिष्ठ नायब निरिक्षक सुनिल कुमार थापाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि थापाले जेष्ठ नागरिकहरुलाई कुनै पनि बेला जस्तोसुकै समयमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उनले भने अब चाडैं बीरगंज सामुदायिक बिधालय तथा निजी बिधालयहरुमा जेष्ठ नागरिकहरुलाई कसरी सम्मान गर्ने भन्ने बारेमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने तयारी रहेको बताए ।
सामुदायिक सेवा केन्द्र संग समन्वय गरेर अगाडि बडने र अब हरेक ब्यक्तिहरुलाई जागरुक गर्न अति आवश्यक रहेको प्रहरी निरिक्षक थापाले बताएका छन् । त्यसैगरी अधिवक्ता अमय दास थारूले अहिले जेष्ठ नागरिकहरुको हकअधिकार बारे सबिधानमा नै उल्लेख गरेको तर ब्यवहारमा भने कम लागू भएको बताए ।
जेष्ठ नागरिकहरुलाई हरेक क्षेत्रमा राज्यले ५०५ छुट तथा छुट्टै ब्यवस्थापन गरेको तर त्यसलाई ब्यवहारमा ल्याउन सबैले आ,आफ्नो ठाउँबाट जागरुक हुनुपर्ने अधिवक्ता थारूले बताएका छन् ।जेष्ठ नागरिक संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका संयोजक जगदीश शर्मा ,जिल्ला उपाध्यक्ष बैधनाथ पसाद कोइरी लगायतले आ,आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सचिव दिलिप प्रधान ,जेष्ठ नागरिक संघका जिल्ला सचिव बिनयराज गौतम ,सहसचिव रामप्रसाद पण्डित ,कोषाध्यक्ष सुरेन्द्रलाल श्रेष्ठ ,मधु सिंह ,नेपाल राष्ट्रिय बिधापिठ माविका प्रअ अनिल बर्णवाल,असइ मिना बडाल,पुर्व क्याम्पस चिफ ठाराबका उमेश चौरसिया, प्राकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंह,अविनाष कर्ण भोला ,योग प्रशिक्षक रामप्रसाद पण्डित तथा अन्य ब्यक्तिहरुको उपस्थित रहेको थियो ।
उक्त जेष्ठ नागरिक पार्कमा विभिन्न प्रजातिका बोटविरुहरु रोपिएको थियो ।कार्यक्रमको स्वागत मनतब्य सहकोषअध्यक्ष राधा शर्माले गरेकी थिइन् भने कार्यक्रम सहजिकरण पत्रकार जगत राईले गरेका थिए। भने सामुदायिक सेवा केन्द्रले जेष्ठ नागरिक एवम् पुर्व शिक्षक गौरीशंकर साहलाई सम्मानित गरिएको सचिव दिलिप प्रधानले जानकारी दिनुभएको छ।