भगवान कुर्मी
वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालकी बरिष्ठ नर्सिङ्ग प्रशासक सहायक प्रमुख (मेट्रोन) श्रुति साहको सरुवा आर्थिक चलखेलमा रोकीएको समाचार प्राप्त भएको छ ।
सरुवाको लामो समय बितिसक्दा पनि रवाना नबुझी नियम बिपरित्त काम गरिरहेकी ९मेट्रोन० साहको सरुवा आर्थिक चलखेलमा रोकीएको समाचार प्राप्त भएको हो ।
साहले सरुवाको लामो समय बितिसक्दा पनि रमाना नबुझेर अन्यत्र सरुवा भएको ठाउँमा जानुको सट्टा नियम बिपरित तरिकाले काम गरिरहेको समाचार प्राप्त हुन आएको छ । उनी बर्तमान मेडिकल सुपरिटेन्डेन्ट एनामुल हकलाई समेत अपत्यारिलो रुपमा प्रभावमा पारेर ऐन कानुनको खुलम खुल्ला धज्जी उडाउदैं आफ्नो सरुवा रोक्न सफल भएकी जानकारहरु बताउछन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २३ गते प्रकाशित गरेको सुचना अनुसार साहको वीरगञ्जको नरायणी अस्पतालबाट कोशी अस्पताल बिराटनगरमा सरुवा भएको हो । तर साहले अहिले रमाना लिनुको सट्टा सरुवा रोक्न माथिल्लो निकाय सम्म कसरत गरेर सरुवा रोक्न सफल भएकी नाम नबताउने शर्तमा अस्पतालमा कार्यरत एक जना कर्मचारीले बताएका छन ।
साहले सरुवा रोक्न स्वास्थ्य मन्त्रालयबाट सम्बद्ध सबै शक्तिको प्रयोग गरि काठमाडौं सम्म पुगेकी थिईन । साहले तल देखि माथिल्लो निकाय सम्मलाई बिबिधि खालको प्रभाव वा जस्लाई जे गर्दा प्रभाबित पार्न सकिन्छ सोहीको ब्यबस्थापन गरि सरुवा रोक्न सफल भएकी भित्री स्रोतको दावी छ ।
साहको उपल्लो तहबाट आर्थिक चलखेलमा मौखिक रुपमा सरुवा राकीएको आशंका यता गर्न थालिएको छ । स्वास्थ्य मन्त्रालयले सरुवा गरेको सुचनालाई कसको निर्देशनमा राकीयो यो सबैको बिचमा यतिबेला अस्पताल बृतभरि चर्चा चल्न थालेको छ । अस्पतालमा उनको पदलाई निकै आकर्षित अर्थात आर्थिक रुपमा मजबुत पदको रुपमा लिने गरिन्छ । त्यसकै कारण सकभर यहाँबाट कोही पनि अन्यत्र सरुवा भएर जान चाहाँदैनन ।
यता बर्तमान स्वास्थ्य मन्त्री प्रदिप यादवले सरुवा भएकालाई रवाना बुझेर आफ्नो सरुवा भएको ठाँउमा पुग्न केहि दिन पहिला नै ठाडो निर्देशन दिएका थिए । यतिमात्र होईन मन्त्री यादवले रवाना नबुझेर नियम विपरित बसिरहेकाहरुलाई कारवाही समेत गर्ने बताएका छन । तर अहिले उनकै क्षेत्रमा कानुन मिचेर यस्ता गतिबिधी भईरहेको हुँदा मन्त्री यादवको भनाइ र गराइको बारेमा निकै प्रतिक्षापूर्ण रुपमा हेर्न थालिएको छ । सुधारको बिभिन्न योजना र कमी कमजोरीको अध्ययन गरि गुणस्तरिय सेवा प्रदानको लागि भए गरेका प्रयासमा यस्ता झिना मसिना बिवादले समेत समस्या सृजना गर्ने भएकोले सतर्कता अपनाउन समेत आवश्यक रहेको कुरा अस्पतालप्रति जिम्मेवार पक्षधरले बताउन थालेका छन ।