वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ स्थित भवानीपुर ईनर्वामा अल्पसंख्यक समुदायसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, वडा प्रहरी कार्यालय श्रीपुर पर्सा र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर वडा नम्बर ११ पर्साको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा अल्पसंख्यक जातजातिको परिभाषा, प्रकार, समस्याहरू, राज्यबाट प्रदान गरिने सेवा सुविधा, स्थानीय तह र नगरपालिकामा उनीहरुको सहभागिता लगायतका विषयमा छलफल गरिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुर पर्साका प्रमुख प्रहरी निरीक्षक धर्म जङ थिङले अल्पसंख्यक समुदायसँग अन्तरक्रिया गरी यथार्थ समस्याहरू बुझ्न र समाधानका उपायहरू खोज्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक धर्म जङ थिङ, सामुदायिक सेवा केन्द्रका आजीवन सदस्य मनिष सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुर पर्साका वरिष्ठ उपाध्यक्ष जयलाल साह, सामुदायिक का सह कोसा अध्यक्ष रधा शर्मा ,मधु सिह बिपिन उपाध्याय, सामुदायिक सेवाकेन्द्रका प्रहरी हवल्दार सुभास यादव, प्रहरी सहायक हवल्दार लालु माया महतो प्रहरी जवान राजु चौरासीया ,छठु राम, अच्छेलाल राम, जङ बहादुर पासवान, बिर बहादुर पासवान, विभिन्न पार्टीका जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा, समाजसेवी, प्रहरी कर्मचारी लगायत करिब ७० देखि ८० जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण सामुदायिक सेवाकेन्द्र मुर्ली का सचीव दिलिप प्रधानले गर्नुभएको थियो ।