नेपाल भारत खुल्ला सीमा सुमधुर सम्बन्धको सेतु बिषयक अन्तरक्रिया कार्यक्रम स्थानीय होटल भिसुवा सम्पन्न भएको छ।
नेपाल भारत खुल्ला सीमा संवाद समूह पर्साको आयोजनामा भएको सो अन्तरक्रिया कार्यक्रममा भारतीय जनता पार्टीका पुर्व उपाध्यक्ष एवम् पुर्व राज्य सभा सासंद प्रभात झाँको प्रमुख अतिथ्यमा सो अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले नेपाल भारत बिच सदै देखि चल्दै आइरहेको रोटी बेटीको सम्बन्ध संगै संस्कार संस्कृति र पहिचान तथा ब्यापार ब्यवसायी लगायत आफुहरुले भारतीय संग सम्बन्ध भएको बताएका छन् ।
सीमा नाकाबाट हुने अपराधी गतिविधिमा दुबै सरकारले निगरानी गर्ने बिषय भएकोले सुरक्षाको नाममा अहिले जुन एक किसिमको चारबार लगाउने हल्ला फिजाउने काम भएको छ त्यसमा आफुहरुको आपत्ति रहेको बताए । मधेसमा मात्र सीमा क्षेत्रमा समस्या नभएको त्यो समस्या चिन संग पनि भएकोले काठमाडौं बस्ने ब्यक्ति हेर्ने नजर परिवर्तन हुनुपर्ने उनीहरूले बताएका छन् । भारतलाई बदनाम गर्न नेपालमा गलत तत्त्वले खेल्न खोजिरहेकोले बेलामा त्यस्ता तत्वहरुको राज्यले पहिचान गर्नुपर्ने बताएका हुन ।
अहिले विदेशी शक्तिहरु नेपाली भुमिमा बसेर एकले अर्कोलाई बदनाम गर्ने काम भइरहेको जसरी अमेरिकले अन्य देशमा प्रवेश गरेर देशलाई टुक्र्याउन सफल भएको उदाहरण बताएका थिए। नेपाल भारत सीमा नाकामा बस्ने नागरिकहरुलाई आफ्नो समस्या के हो भनेर एक पटक प्रश्न गर्न भनेर समेत बताएका छन् ।
पहिला नेपाली चेली भारतमा र भारतीय चेली नेपालमा वैवाहिक सम्बन्ध रहेको तर अहिले आएर केही समस्या भएको छ त्यसलाई समाधान खोज्ने प्रयासमा लाग्नुपर्ने काठमाडौं दिल्लीले सीमा नाकामा बसेका नागरिकको समस्या बुझ्न नसक्ने उनीहरूको भनाइ रहेको छ।
डाक्टर राजीब झाँको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका सभा सदस्य श्याम पटेल ,प्राध्यापक प्रमोद ,नेकपा एमालेका नेता शिव पटेल ,शम्भु गुप्ता ,नेपाली काङ्ग्रेसका नेतृ रम्भा मिश्र,बिन्दबासिनी गापा उपाध्यक्ष ज्योति चौरसिया,पत्रकार चन्द्रकिशोर झाँ लगायतले आ,आफ्नो धारणा राखेका थिए।कार्यक्रमको स्वागत मनतब्य निजामुदिन समानीले गर्नुभएको थियो भने विषयगत बस्तुमा केशव झाँले प्रस्तुति गर्नुभएको हो उक्त कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक कृष्ण पटेलले गर्नुभएको थियो ।