सहयात्री समाज नेपालको सहकार्यमा एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुर ११ को आयोजनामा कार्यक्रम भएको हो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरका अध्यक्ष राम सरार्फको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक निता थापाको प्रमुख आतिथ्यमा सो छलफल तथा अन्तरक्रिया कार्यक्रम समपन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सहयात्री समाजका कार्यक्रम संयोजक सुरज लिम्बूले हामी तेस्रो लिङ्गी तथा समलिङ्गीलाई समाजबाट पनि अपहेलित हुनुपर्ने त्यसमाथि पनि रोजगारी नपाउने आफ्नै घर परिवारले समेत दुःख दिइरहेको गुनासो राखेका थिए।
हामी तेस्रो लिङ्गी तथा समलिङ्गीले बाच्नको लागि भए पनि बाध्यताले यौनजन्य क्रियाकलापमा लाग्नुपर्ने अवस्था रहेको बताए । मुख्य त पेशागत रोजगारी नभएकाले विवाह समारोहमा नाचगान गर्ने गरेको कार्यक्रम संयोजक लिम्बूले बताएका छन् । सहयात्री समाजका अध्यक्ष कान्तलाल चौधरी ,रितिका थापा ,नोरसाङ्ग तामाङ लगायतले प्रहरी प्रशासनबाट आफुहरु दुःख पाइरहेको बताएका छन् ।
गत २७ गते बाइपास रोड स्थित कृष्ण प्रणामी मन्दिर नजिकै प्रहरीले राति आफुहरु माथि अभद्र ब्यवहार गर्नुको साथै आर्थिक लाफ लिएर मात्र छोडने गरेको नोरसाङ्ग तामाङले आफ्नो गुनासो पोखेका थिए। प्रहरी प्रशासनले सहयोग गर्नुपर्ने ठाउँमा उल्टै हेर्ने नजर फरक रहेको बताए । कार्यक्रममा प्रहरी निरिक्षक निता थापाले आफुबाट हुने सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष रेखा घिमिरे ,सचिव दिलिप प्रधान ,प्र,नानी स्वपनिल सापकोटा ,सामुदायिक प्रहरी सेवा केन्द्रका हवल्दार सुभाष प्रसाद यादव ,सहयात्री समाजका कार्यक्रम संयोजक सुरज लिम्बू ,पत्रकार दिपक चौरसिया,वरिष्ठ सल्लाहकार डाक्टर ज्योतिष पुरुषोत्तम दुवे, सहकोषाध्यक्ष राधा शर्मा ,सदस्य मधु सिंह राजपुत प्रहरी सहायक हवल्दार अजित सिंह लगायतको उपस्थित रहेको थियो ।
प्रहरी निरिक्षक निता थापा ,प्रहरी सहायक हवल्दार अजित सिंह ,सामुदायिक सेवा केन्द्रका सहकोषाध्यक्ष राधा शर्मा ,सहयात्री समाजका कार्यक्रम संयोजक सुरज लिम्बू लगायतलाई मायाको चिनोले सम्मानित गरिएको हो । कार्यक्रमको स्वागत मनतब्य सहकोषाध्यक्ष राधा शर्माले गरेकी थिइन् भने सहजिकरण पत्रकार जगत राईले गरेका थिए।