सिक्दै कमाउदै भन्ने अवधारणा विकास गर्न बीरगंज कलेजमा अध्ययन गरि रहेका कक्षा १२ र बिबिएस गरिरहेका छात्र तथा छात्राहरुलाई एक हप्ते ८ दिने निशुल्क तालिम शुरु भएको छ।
बीरगंज कलेजका प्रशासन प्रमुख सुरेश प्रसाद चौधरीको अध्यक्षता तथा नेपाल उधोग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीको प्रमुख आतिथ्यमा सो डल,कुसन,साबुन ,सर्फ,क्लीन बनाउने तालिम शुरु भएको हो । तालिमको उदघाटन समारोहमा प्रमुख अतिथि टेमानीले बीरगंज कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुलाई उधोग स्थापना गर्नुभन्दा पहिला उधोगको लागत बजारीकरण तथा ब्यवस्थापन जनसंख्या र मुनाफा जनशक्ति लगायतको बारेमा जर्मनी कक्षा १० पास गरेपछि ३ वर्षको छुट्टै प्याकेज रहने ब्यवस्था रहेको बताए ।
नेपालमा जसरी एक हप्ताको तालिम लिएर ब्यवसायी शुरुआत गरिन्छ त्यसतो त्यहाँ नहुने बताएका छन् । उनले भने हाम्रो नेपाल जस्तो सिस्टम नभएकोले आज विश्व अर्थतन्त्र उनीहरू सफल भएको बताए । विद्यार्थीहरुलाई कक्षा १० बाट नै को के बन्ने भन्ने बारेमा शुरुआत चरणमा अवधारणा ल्याउने भएकाले आज विश्व बजारमा हरेक बिषयमा अध्यापन गराउने सिस्टम भएको जसमा आफुले पनि त्यहाँबाट तालिम प्राप्त गरि ब्यवसायी शुरु गरेको विद्यार्थीहरुलाई सो कुराको जानकारी दिनुभएको छ।
सफल ब्यापारी वा उधोगपति वा जागिर के खाने भन्ने बारेमा जान्न अति आवश्यकता रहेकोले यस कलेजले भोलिका दिनमा यहाँबाट सफल उधोमी तयारी हुने लक्ष्य देखेको यसकलेजमा आफू आउने र सुझाव सल्लाह दिने गरेको टेमानीको भनाइ रहेको छ। तालिमको उदघाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने ,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल ,वरिष्ठ उपाध्यक्ष हरि गौतम ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,प्रेस चौतारी पर्साका अध्यक्ष बिजय भन्डारी,पिएवन ( एब्ल्) अध्यक्ष विनोद मेहता,प्रअ राजकुमार सिंह ,शिक्षक संघका केन्द्रीय उपाध्यक्ष छोटेलाल साह,मानव सेवा आश्रमका देवेश मानव ,सिए मुकेश साह,एनएमबी बैंक शाखा प्रबन्धक सौसभ सरार्फ,नेपाल महिला कल्याण संस्थाका अध्यक्ष विपिन उपाध्याय,बीरगंज कलेजका परिक्षा कोडिनेटर डिके जैसवाल ,पुर्व विद्यार्थी कृष्ण मोहन सहनी लगायतले आ,आफ्नो धारणा एवम् सुझाव सल्लाह दिएका थिए।
बीरगंज कलेज संचालक समितिका अध्यक्ष डाक्टर दिपेन्द्र चौधरीले स्वागत मनतब्य दिने क्रममा आफुले यस कलेजमा अध्यापन गरिरहेका विद्यार्थीहरुलाई अध्यापन मात्र नगरेर उनीहरूलाई लक्ष्यमा पुराउने र एउटा असल ब्यवसायी निर्माण गरिरहेको बताए ।हाम्रो उदेश्य भनेको केवल अध्यापन मात्र होइन यहाँ शिक्षा संगसंगै सिक्दै कमाउदै भन्ने अवधारणा लिएर बीरगंज कलेज सधैं अगाडि बढीरहेको अध्यक्ष चौधरीले बताएका छन् ।
कार्यक्रमको संचालन कृष्ण पासवानले गरेका थिए।भने डलको प्रशिक्षक श्रीमती बिना दाहाल र सर्फ साबुन ,क्लीनको प्रशिक्षक बिनय घिमिरे र विपिन उपाध्यायले तालिम अवधिभर प्रशिक्षण दिने कार्यक्रम रहेको कलेजका अध्यक्ष चौधरीले जानकारी दिनुभएको छ।