मधेस विश्व बिधालयको दोस्रो वार्षिकोत्सबको उदघाटन समारोहमा पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेस विश्व बिधालय राम्रो प्राध्यापकको हातमा दिएकोमा खुशी लागेको बताए ।
मधेस विश्व बिधालयले छोटो समयमा धेरै उपलब्धि हासिल गर्न सफल भएकोमा प्राध्यापक डाक्टर दिपक शाक्य रजिस्ट्रार बिजय यादव तथा उनका टिमहरलाई हिृदय देखि धन्यवाद दिन चाहन्छु भनेर पुर्व मुख्यमन्त्री राउतले बताएका छन् । आज जनप्रशासन तथा एलएलबी पढ्ने वातावरण सिर्जना भएको छ ।
बीरगंज विश्व बिधालय स्थापना हुनुपर्छ भनेर जति बेला हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस चिफ डाक्टर भगवान यादव लाग्नु भएको थियो त्यो स्मरण मलाई थाहा छ यसको मुख्य कारण भनेको यहाँका राजनीतिक गर्ने ब्यक्तिहरुको केन्द्रमा लबिङ नपुगेकोले बीरगंज विश्व बिधालय खुल्न सकेन तर यहीँ मधेसको धनुषामा नेता बिमलेन्द्र निधि भएकोे कारण त्यहीँ विश्व बिधालय स्थापना भएको गुनासो राखेका थिए।
मधेस विश्व बिधालय स्थापना भए पछि अहिले मधेस स्वास्थ्य प्रतिष्ठान ५० सिट ःद्यद्यक् अध्यापन गर्ने अनुमति प्राप्त भएको र यदि सात प्रदेश भन्दा धेरै विश्व बिधालय प्राप्त गर्ने जुन ३ वटा विश्व बिधालय भएकोमा आफू धेरै खुशी भएको पुर्व मुख्य मन्त्री गद्दीले बताएका छन् उनले भने ।यहाँ विश्व बिधालय खोल्नु हुदैन भनेर चर्को आलोचना पनि आफुले खेपेको जुन कि अत्यदेश मार्फत यो मधेस विश्व बिधालय ल्याउन सफल भएको बताएका हुन ।
मधेस विश्व बिधालयका प्राध्यापक डाक्टर दिपक शाक्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो कार्यक्रममा मधेस प्रदेशका सभा सदस्य श्याम पटेल डाक्टर हरेराम श्याम पोख्रेल प्रशासन प्रमुख रजनी कुमारी तथा अन्य अतिथिहरुको उपस्थित रहेको थियो । सहजिकरण मधेस विश्व बिधालयका रजिस्ट्रार बिजय यादवले गर्नुभएको थियो ,भने खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरु पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी ,मधेस प्रदेशका सभा सदस्य श्याम पटेल ,महम्मद ज्यालहक राजु राउत गद्दी ,पवन यादव ,रिहा चौहान ,प्रदुमन प्रसाद लगायतले रक्तदान गरेका छन् भने अहिले रक्तदान भइरहेको छ।