वीरगंज महानगरपालिका वडा नम्बर ८ मेनरोडमा रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज स्थानीय होटल हर्ष एन सि बीरगंज १५ मा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सत्यराज शर्मा काफ्लेको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक शम्भु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उदघाटन गर्ने क्रममा महासंघका संचालक गुप्ताले यो संस्था विधि र सिस्टममा संचालन हुदै आइरहेकोमा बचत कर्तामा कुनै चिन्ता नलिन आग्रह गर्नुभएको छ। केही सहकारी संस्थाका संचालकहरु सहकारीको बारेमा जानकार नहुने र लोपलालतमा पर्ने मनसायले खोलेको संस्था धरासायी हुने गरेको गुप्ताले बताएका छन् ।
संस्थाले उत्कृष्ट कर्मचारी तथा बचतकर्ताहरुलाई सम्मान गर्ने परिपाटीले कर्मचारीहरुमा उच्च मनोबल बढने बताए । संस्थाका कर्मचारीहरुले यससहकारी संस्थालाई अगाडि बढाउन धेरै राम्रो काम गदै आइरहेको र बीरगंजको उत्कृष्ट सहकारी मध्येको यो पनि एउटा रहेको गुप्ताको भनाइ रहेको छ।
कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी प्रमुख जिष्णु बरालले वार्षिक योजना प्रतिवेदन तथा जिज्ञासाका बारेमा प्रस्तुति गर्नुभएको थियो । उहाँले भने अहिले संस्थाले ४३ लाख ११ हजार भन्दा धेरै नाफा गर्न सफल भएको बताए ।अहिले संस्थामा १ करोड १५ लाख भन्दा धेरै रकम मौज्दात भएकोले अब चाडैं सदस्यहरुमा लगानी गर्ने वातावरण तयारी गरिरहेको बरालले बताएका हुन ।
शेयर पुजी १ करोड ३५ लाख ३७ हजार रहेको र संस्थाले २३ करोड २७ लाख बचत संकलन गरेको र १९ करोड ८० लाख ८२ हजार बचत फिर्ता गर्न सफल भएको बताएका छन् ।संस्थाले अब सुत्केरी भत्ता ५ हजार देखि १५ हजार र सदस्य मृत्यु भएको खण्डमा १० हजार देखि २५ हजार सम्म दिने तयारी भइरहेको कार्यकारी प्रमुख बरालको भनाइ रहेको छ। संस्थाले उत्कृष्ट बचतकर्ता,उत्कृष्ट कर्मचारी ,उत्कृष्ट ऋणीहरुलाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
संस्थाको वार्षिक साधारणसभामा राष्ट्रिय सहकारी बैंक लि। का संचालक विश्वनाथ मण्डल ,निवर्तमान संचालक नेफ्स्कुनका हरेराम पटेल ,को– अपरेटिभ म्यानेजर्स क्लब९ऋःऋ० पर्साका अध्यक्ष रबिभुषण श्रीवास्तव,निवर्तमान अध्यक्ष सिएमसि क्लबका अध्यक्ष चन्देश्वर चौरसिया,राष्ट्रिय सहकारी बैंक लिमिटेड बीरगंज शाखाका प्रमुख संजय कुमार महतो, मुन्ना ठाकुर ,दिपेन्द्र श्रेष्ठ ,सन्तोषलाल कर्ण,प्रदिप लोहार,रामबाबु चौधरी , दीपीका श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।